बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

हेटौँडामा युवकमाथि छुरा प्रहार, अवस्था गम्भीर

हेटौँडामा युवकमाथि छुरा प्रहार, अवस्था गम्भीर

हेटौँडा । मकवानपुरको हेटौँडामा छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन् । वागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको गेट नजिक युवकमाथि छुरा प्रहार भएको बताईएको छ । छुरा प्रहारबाट हेटौँडा–५ का दालियल न्यौपाने गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते न्यौपानेको हेटौँडाको सहकारी अस्पतालमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गरेर फरार रहेका ब्यक्तिको खोजिकार्य जारी रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।