शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सरकार कांग्रेसकै नेतृत्वमा, प्रधानमन्त्रीमा देउवा निर्विकल्पः महत

सरकार कांग्रेसकै नेतृत्वमा, प्रधानमन्त्रीमा देउवा निर्विकल्पः महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले केन्द्रमा पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नरहेको महतले बताए । उनले पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले देउवालाई सर्वसम्मत नेता चयन गर्नुपर्ने बताए ।

महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुंगो लगाइने बताए । राष्ट्रपतिले सरकार बनाउन कति दिनको समय दिएर सूचना जारी हुन्छ त्यस आधारमा गठबन्धनमा छलफल हुने उनको भनाइ थियो ।