बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुन लुटेराले सुनचाँदी व्यवसायीमाथि गोली चलाए

सुन लुटेराले सुनचाँदी व्यवसायीमाथि गोली चलाए

धनगढी । कैलालीमा एकजना सुनाचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ।

आइतबार साँझ अत्तरियास्थित सशस्त्र प्रहरी बल नेपालको कार्यालय नजिकै उनीमाथि गोली चलाइएको हो। गोली लागेर न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनार घाइते भएका छन्। दाहिने हातमा गोली लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

विकासलाई उपचारका लागि सुरुमा पद्‌मा अस्पताल लगिएकोमा त्यहाँबाट माया मेट्रो अस्पताल रेफर गरिएको छ। उनीमाथि कसले र किन गोली चलाएको भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। 

‘मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको भनिएको छ। गोली चलाएर उनीहरू भागेका छन्। हामीले खोजी कार्य थालेका छौं’, कैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले भने।