शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राष्ट्रपति भण्डारीबाट जबराले लिए शपथ

राष्ट्रपति भण्डारीबाट जबराले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् । ४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।