शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राष्ट्रपति भण्डारीले बोलाईन् सर्वदलीय बैठक

राष्ट्रपति भण्डारीले बोलाईन् सर्वदलीय बैठक

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एकएकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने बताइएको छ ।