बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

बैतडीमा शिक्षकको हत्या भएको ठहर

बैतडीमा शिक्षकको हत्या भएको ठहर

कैलाली । बैतडीको पाटनमा मृत अवस्थामा फेला परेकाका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुस २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि विष्टको शव भेटेको थियो । सोही दिनबाट सुरु गरेको प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अहिले सम्मको अनुसन्धानमा शिक्षकको हत्या भएको प्रहरीले ठहर गरेको छ । 

हत्यामा संलग्नहरू पनि आजै सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ’ एक प्रहरी अधिकारीले भने । प्रहरीले अहिले सम्म ११ जना शङ्कास्पदलाई पक्राउ गरिसकेको छ । ती मध्येबाटै केहीले घटनाको अभियोग स्वीकार गरिसकेको प्रहरी स्रोतको दाबी छ ।