मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

विकिनी किलर शोभराजः विभिन्न मुलुकमा २० भन्दा बढीको हत्यादेखि तिहाड जेलबाट भाग्नेसम्म

विकिनी किलर शोभराजः विभिन्न मुलुकमा २० भन्दा बढीको हत्यादेखि तिहाड जेलबाट भाग्नेसम्म

काठमाडौं । विकिनी किलर चाल्र्स शोभराजलाई सर्बाेच्च अदालतबाट थुनामुक्त भएसँगै उनी थुनामुक्त हुँदैछन् । उनीविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ। सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे द सर्पेन्ट नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो।

भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ुसज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलेु जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बताएका थिए । शोभराज सन् २००३ मा काठमाण्डूबाट पक्राउ परेका थिए

तिहाड जेलबाट भागेका थिए
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो। भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए। थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ।

थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो। सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो। त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परे। बीबीसी