शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ । राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै कायम छिन् ।