मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

चार्ल्स शोभराजलाई आज फ्रान्स डिपोट गर्दै

चार्ल्स शोभराजलाई आज फ्रान्स डिपोट गर्दै

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि  कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै  स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । 

अध्यागमनले शोभराजलाई डिपोट गर्ने  शोभराजका वकिल गोपाल शिवाकोटीले बताए । उनलाई आजै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो । उनी  केहीदिन  नेपाल बस्न चाहेका थिए ।  शिवाकोटीका अनुसार सुरक्षाको कारण देखाउँदै आजै डिपोट गर्न लागेको हो ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।