शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल भइरहेको एक नेताले बताए ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।