शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

काठमाडौं
संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए । यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैँले राख्ने महत्त्वाकाङ्क्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ ।

निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैँले गर्ने महत्त्वाकाङ्क्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ । उपराष्ट्रपति, राष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा करिबकरिब नहुने निश्चित भएको छ । पाँच वर्षमा तीन सरकार बनाउँदै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले आलोपालो नेतृत्व गर्नेमा शीर्ष नेताहरू सहमत भएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।