शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गरेको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ । बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।