शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रचण्डले लिए प्रधानमन्त्री पदको शपथ

प्रचण्डले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । 
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा राष्ट्रपतिका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भए । प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो ।