शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

यी ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

यी ३ उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले अर्थमन्त्रालयसमेत सम्हाल्ने भएका छन् । 

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,रा जेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।