मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

अर्थतन्त्र संकटको डिलमा छ, समस्या समाधानमा लाग्छुः अर्थमन्त्री पौडेल

अर्थतन्त्र संकटको डिलमा छ, समस्या समाधानमा लाग्छुः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिए समस्या समाधानमा लाग्ने बताए ।

‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’ उनले चालु खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए ।

अर्थमन्त्री पौडेलले पुर्वाग्रहमा विश्वास नराखी अर्थतन्त्रको सुधारमा काम गर्ने बताए । मन्त्री पौडेलले अर्थतन्त्रमा धेरै ठूला समस्या र संकट रहेकोले समस्या पहिचान र समाधानमा पहल गर्ने बताए । उनले अर्थतन्त्रको समस्या गहिरो गरि राज्यलेका निकायले हेरेकोले आफू लामो प्रवचन नगर्ने भन्दै पहिचान र समाधानमा गर्ने बताए ।

‘म अघिल्ला दुवै कार्यकालमा जुन चुनौतीको घेरामा थिएँ, ती सामना गर्दै सफल कार्यकाल बिताएको थिएँ । त्यसले आत्मविश्वास बलियो बनाएको सम्झना छ,’ उनले भने, ‘यसपटकका समस्या अझ गम्भीर छन् । मुलुकको समस्या काबु बाहिर छैन भन्ने विश्वास लिएर आएको छु ।’