मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आरआर क्याम्पसमा खुकुरी हानाहान, २ जना घाइते

आरआर क्याम्पसमा खुकुरी हानाहान, २ जना घाइते

काठमाडौं । प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् । उनीहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

झडपको कारण खुल्न नसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने हल्ला बाहिर आएपनि अहिलेसम्म त्यसको पुष्टि नभएको उनले बताए ।

उनले भने, ‘खुकुरी प्रहार भएको भन्ने अहिलेसम्म पुष्टि भएको छैन । दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको छ ।’ उनका अनुसार केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।