शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ओली दुई वर्षपछि खुमलटारमा

ओली दुई वर्षपछि खुमलटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न ओली दुई वर्षपछि खुमलटार पुगेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ । एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।

यसअघि संसद विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।

खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल हुने बुझिएको छ । ओली र प्रचण्डबीचको खुमलटार भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइने स्रोतले बताएको छ ।