शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया चयन भएका छन् । चितवन क्षेत्र नम्बर १९१० बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए ।