शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएनः अध्यक्ष नेपाल

अप्रत्याशित घटना भयो, गठबन्धन जोगाउन सकिएनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् । शनिवार सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै नयाँ किसिमको चुनौति देखा परेको बताए ।

नेपालले नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने कांग्रेसको नाम नलिई समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको र अप्रत्याशित घटना भएको बताए । उनले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बिताए ।

२०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने बताए । यसअघि नेपालले दुई दिनसम्म जिल्ला र विभिन्न तहका नेताहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिएका थिए ।