मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि त्यहाँ पुगेका छन् ।