मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आरआर क्याम्पसमा खुकुरी हानाहान काण्डः ३ विद्यार्थी क्याम्पसबाट निष्काशित

आरआर क्याम्पसमा खुकुरी हानाहान काण्डः ३ विद्यार्थी क्याम्पसबाट निष्काशित

काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्काशित भएका छन्। बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्काशन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए।