बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नेपाल टी–२० माथि सीआईबीको एक्सनः फिक्सिङको आशंका

नेपाल टी–२० माथि सीआईबीको एक्सनः फिक्सिङको आशंका

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी–२० क्रिकेट लिगमा फिक्सिङ भएको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

खेलाडीहरुले नै फिक्सिङका लागि ‘अप्रोच’ भएको बताएपछि गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको सीआईबीका एक अधिकृतले बताए । ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन’, ती अधिकृतले भने ।

सीआईबीको टोलीले बेटिङ गरिरहेको आशंकामा जारी प्रतियोगिताबाटै केही दर्शकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीको जिम्मा लगाएको थियो । तर, फिक्सिङको सम्बन्धमा कुनै प्रमाण फेला पर्न नसकेको सीआईबी स्रोत बताउँछ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नै आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएका थिए ।