शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्र्ने

प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीलाई सम्बोधन गर्र्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् । कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई विहान ११ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको महासचिव  दिपेश पुनले बताए । ‘प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड कमरेडले पदाधिकारी बैठकलाई सम्बोधन गर्दै हुनहुुन्छ’ पुनले भने, ‘सबै पदाधिकारीलाई समयमै पुग्न भनिएको छ । पार्टी, सरकार र आगामी योजनाका विषयमा  प्रधानमन्त्री ज्यूले राख्नु हुन्छ ।’ अब बस्ने अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले संगठनभित्रको विवाद समेत साम्य बनाउने बताएको छ ।