शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राखिएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।