शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल

सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रम, शक्ति बाँडफाँटबारे प्याकेजमा सहमतिलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।