शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राप्रपा सरकारमा जाने

राप्रपा सरकारमा जाने

काठमाडौं । सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछानेजस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दैछन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ ।

वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।