शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

वागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

वागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान

काठमाडौं । वागमतीमा सरकार गठनका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय सीमा तोकेका छन् ।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो ।

वागमती प्रदेशममा ११० जना सांसद रहेका छन् । सरकार गठनका लागि प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेको एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद छन् । यी ३ दलको मत जोड्दा वागमती प्रदेशमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ । वागमती प्रदेश सरकारको नेतृत्वमा एमाले, माओवादी र राप्रपाको पनि दाबी छ ।