शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। आज केही समयपछि पार्टी कार्यालय आलोकनगमा पार्टीको सचिवालयको बैठक बस्न लागेको सचिवालयले जनाएको छ।

आजको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गर्न सक्ने बुझिएको छ। बुधवार प्रधानमन्त्रीले प्रचण्डले अध्यक्ष माधव नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । सरकारबाट औपचारिक प्रस्ताव नआएको भन्दै निर्णयको जिम्मा सचिवालयलाई दिएको थियो । तर, बैठकमा अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्नेमा जोड दिएका थिए ।