मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

अर्थ मन्त्रालयमा सचिव हेरफेर

अर्थ मन्त्रालयमा सचिव हेरफेर

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा रामप्रसाद घिमिरे आएका छन् । 

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।