मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न उनले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिए ।