शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्वदलीय बैठक तय गरिएको छ । ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् । सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल हुने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व छ ।