मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

विदेशबाट शंकास्पद रकम भित्र्याएको आशंकामा शाह पक्राउ

विदेशबाट शंकास्पद रकम भित्र्याएको आशंकामा शाह पक्राउ

काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि शाह चर्चामा आएका थिए । सीआईबीका प्रवक्ता कमल थापाले शाह लगायत ६ जनालाई पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरेका छन्। 

शाहसँगै उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का,  रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ परेका छन्। शाहले स्विफ्टमार्फत ४६ लाख ४६ लाख ७३७ अमेरिकी डलर, १२ हजार ८२५ पाउन्ड, नेपाली रुपैयाँ ३ करोड २२ लाख २८ हजार ६८० गैरकानुनी रुपमा ठगी गरि ल्याएको अनुसन्धानबाट खुलेको बताईएको छ ।