शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

यो सरकार सफल बनाउन बनाउँछौँ–ओली

यो सरकार सफल बनाउन बनाउँछौँ–ओली

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने बताए ।

ओलीले भने– ‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्छौँ । यो सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस् । यसले सुशासन र विकासको लागि उचित र आवश्यक कदमहरू चालोस् ।

ओलीले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने बताए । कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको बताए ।