शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भारततिर औल्याउँदै ओलीले भने–‘हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं, सके सहयोग गर्नुहोस्, चलखेल बन्द गर्नुहोस्’

भारततिर औल्याउँदै ओलीले भने–‘हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं, सके सहयोग गर्नुहोस्, चलखेल बन्द गर्नुहोस्’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी मुलुक भारत सन्तुष्ट नभएको बताएका छन् । संघीय संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा उनले चलखेल सुरु भएको भन्दै त्यस्तो चलखेल नगर्न आग्रहसमेत गरे । 

उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए । उनले भने, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस् ।’

उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे ।

छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उनले आग्रह गरे ।