मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

बैंक सबल बन्दै जाँदा वित्तीय मध्यस्तता लागत घट्योः गभर्नर

बैंक सबल बन्दै जाँदा वित्तीय मध्यस्तता लागत घट्योः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्तता लागत घट्दै गएको बताएका छन् ।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमन र सुपरीवेक्षण बस्नुपने बताए ।

यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए । बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

मुख्य सचिव संकरदाश बैंरागीले अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको बताए । आर्थिक सूचकमा सुधार देखिदै गरेको भन्दै उनले यो मर्जरले वित्तीय क्षेत्रको स्थायीत्वमा ठूलो योजगदान पुर्‍याउने बताए ।

उनले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको समेत बताए । ‘निजी क्षेत्र हतोत्साहित हनुपर्ने भयावह अवस्था छैन । सरकारले निजी क्षेत्रलाई साथ दिनेछ,’ उनले भने, ‘निजी क्षेत्रको बनोबल कसरी बढाउन सकिन्छ भनेर यो सकारको मन्त्रिपरिषद् बैंठकको पहिलो निर्णय नै त्यसमा केन्द्रित हुने भनेर गरेको छ ।’