शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

संसद परीक्षाको केन्द्रः प्रधानमन्त्री दाहाल

संसद परीक्षाको केन्द्रः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताको निरन्तर निगरानीमा भएको बताए।

उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ। यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो।’

परम्परागत अभ्यास र राजनीतिबाट अब जनतामाझ जान सक्ने स्थिति नभएको बताए। फरक पृष्ठभूमिबाट आएपछि विकास निर्माण र सुशासनमा साझा एजेण्डा हुने बताए।

उनले भने, ‘हामीलाई अहिले समस्यामा अल्झिने छुट छैन। संसदमा नयाँ दलहरूको पनि प्रवेश भएको छ। नयाँ अनुहारहरू थपिनुभएको छ। म मनैदेखि भन्न चाहन्छु तपाईँहरूको प्रवेश लोकतन्त्रको जित हो। तपार्ईहरुलाई केही गर्ने हुटहुटी छ। त्यो संसद्को नयाँ पूँजी हो। तपाईँहरूको आवेग रचनात्मक हुनेछ।’

गरे के हुन्न भन्ने आशा जगाएर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित हुने बताए। उनले राष्ट्रिय एकतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।