शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

संसदभन्दा बाहिरबाट सरकार ढाल्नु प्रतिगमन हो–ओली

संसदभन्दा बाहिरबाट सरकार ढाल्नु प्रतिगमन हो–ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेका छन् । उनले जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गदै पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन प्रतिगमन हो भने संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको बताए ।

ओलीले भने– नयाँ जनादेश माग्न जानु प्रतिगमन हो भने संसदीय व्यवस्थाका जननी बेलायतमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । प्रतिनिधि सभा भंग हुनु प्रतिगमन होइन, संसदबाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन,अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो । कुठाउँबाट सरकार बनाउनेमा जाँदैन जानु हुँदैन ।

ओलीभन्दा अगाडि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि आफूले संविधान जोगाएको बताएपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।