बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।

उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बी।आर। ३२ एसी ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।