शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लियो– प्रधानमन्त्री

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लियो– प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् । पृथ्वीनारायण शाहको ३०१औं जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।

प्रधानमन्त्रीले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’