शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

चैत ५ मा स्ववियु चुनाव गर्ने टीयूको निर्णय

चैत ५ मा स्ववियु चुनाव गर्ने टीयूको निर्णय

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । 

महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो । २०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो । यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।