शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

अख्तियारका तत्कालीन आयुक्त र कलेज सञ्चालक न्यौपानेलाई ३ वर्ष कैद सजाय

अख्तियारका तत्कालीन आयुक्त र कलेज सञ्चालक न्यौपानेलाई ३ वर्ष कैद सजाय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले ३ वर्ष कैदको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपानेलाई ३ वर्ष कैद तथा ३९ लाख जरिवानाको फैसला गरेको हो । कलेजको मुद्दा मिलाउन भनेर अख्तियारका तत्कालीन आयुक्त पाठकले न्यौपानेसँग घुस लिएका थिए ।