शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

देउवाले बोलाए भ्रातृ संगठनका अध्यक्षलाई

देउवाले बोलाए भ्रातृ संगठनका अध्यक्षलाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन् । भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफल गर्न बिहान ११ बजे बोलाइएको छ । कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई धुम्बाराही डाकिएको हो ।

बिहीबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा पनि कार्यसमिति पूर्ण बनाउनेबारे छलफल भएको थियो ।