बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

रुपन्देहीमा गोली पड्केपछि...

रुपन्देहीमा गोली पड्केपछि...

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका(३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले स्थानीय १८ वर्षीय दिलिप यादव, २१ वर्षीय विजय भर र भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर पाएपछि प्रहरी त्रिलोकपुरमा पुगेको थियो । प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान मोटरसाइकल र एउटा भारतीय नम्बर प्लेटको गाडी पनि बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।