शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नेपाली संस्कृतिहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड

नेपाली संस्कृतिहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्होछार लगायत नेपाली सांस्कृतिक पर्वहरू राष्ट्रिय सम्पत्ति भएको बताएका छन् ।

१२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबासीहरुका परम्परा, रीतिरिवाज र संस्कृतिहरू सबै राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्रीले बताए ।

ल्होछार पर्व –२८५९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा पनि गरेका छन् ।

ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा यो पर्व मनाउन थालिएको स्मरण गरेका छन् ।