शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ। आज बसेको बैठकले २१ सदस्यीय समिति गठन गरेको हो।

समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल रहेका छन्।

यस्तै, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवास नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन्। मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको छ।