शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रपतिमा सहमतिको संभावना न्यूनः डा शेखर कोइराला

राष्ट्रपतिमा सहमतिको संभावना न्यूनः डा शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका छन् ।

‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले उम्मेदवार यो भनेको त छैन, बाहिर चर्चा दुई जना साथीहरुको आएको छ, यसमा हामी अरु दलसँग पनि छलफल गर्छौं ।’ कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा आएको छ ।

उनले आफूहरुले डा बाबुराम भट्टराईलाई स्वीकार गर्ने सम्भावना नरहेको बताउँदै नेपाली कांग्रेसको उम्मेदवारलाई सर्वस्वीकार्य बनाउन प्रयास गर्ने जानकारी दिए ।