शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

राष्ट्रिय सहमतिलाई कायम राख्नु पर्छः प्रम प्रचण्ड

राष्ट्रिय सहमतिलाई कायम राख्नु पर्छः प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिँदा भएको राष्ट्रिय सहमतिलाई कायम राख्नुपर्ने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री प्रचण्डले निधेषको राजनीति अन्त्य गर्नु अहिलेको आवश्यता भएको बताए ।

प्रचण्डको भनाइलाई उदृत एक स्थायी कमिटी सदस्यले भने, ‘मैले विश्वासको मत लिने बेलामा राष्ट्रिय सहमति बन्यो । यसलाई जिम्मेवार भएर राष्ट्र निर्माणका लागि कायम गरेर जानुपर्छ ।’

कठीन अवस्थामा बनेका राष्ट्रिय सहमतिलाई इमानदारीपूर्वक प्रस्तुत गर्ने उनको भनाइ छ ।

‘राजनीतिक दलहरुमा एउटाले अर्कोलाई निषेध गर्ने, परास्त गर्ने, धोकाधडी दिने संस्कार र संस्कृति भयो अहिलेसम्म त्यसले गर्दा राष्ट्रले धेरै दुःख पायो । हामी अहिलेसम्म इमानदारीपूर्वक प्रस्तुत भएका छौं’ प्रचण्डको भनाइ छ, ‘तर, कठिन अवस्थामा राष्ट्रिय सहमति कायम हुने गरेको छ । अहिले पनि हामी यसलाई कायम गरेर जान्छौं ।’