शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माओवादी स्थायी कमिटीको बैठक जारी

माओवादी स्थायी कमिटीको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो कुरा राखेका थिए । उनले त्यहाँ राष्ट्रपतिको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरु राय मागेका थिए ।

आज स्थायी कमिटी सदस्यहरुले पालैपालो जवाफ दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा पार्टी विस्तार लगायतका विषयमा पनि छलफल हुनेछ ।