शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

रवि नागरिकता लिन आज प्रशासन जाने

रवि नागरिकता लिन आज प्रशासन जाने

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले नेपाल प्रेसलाई बताए ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ । रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ । सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।