शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय लिने

रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय लिने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’

रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर, प्रचण्ड यो मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् ।